बिहीबार २२ फागुन, २०८१

१० जना ग्राहकलाई आइफोन १६ उपहार दिँदै वर्ल्डलिंक

१० जना ग्राहकलाई आइफोन १६ उपहार दिँदै वर्ल्डलिंक

काठमाडौं, २१ फागुन । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले नयाँ ग्राहक एवं सेवा नवीकरण गर्दा १० भाग्यशाली विजेतालाई आईफोन १६ उपहार दिने घोषणा गरेको छ ।

आफ्ना ग्राहक घरधुरी संख्या १० लाख पुग्न लागेको अवसरमा वर्ल्डलिंक कम्युनिकेशन्सले नयाँ सेवा एवं नवीकरण गर्दा भाग्यशाली १ जनालाई हरेक दिन आईफोन १६ उपहार दिने घोषणा गरेको हो ।

१० लाख घरधुरीसम्म आफ्नो सेवा विस्तार कम्तीमा ५० लाख नागरिकको संख्यामा सेवा पुगेकोमा ग्राहक महानुभावहरूको अतुलनीय योगदान रहेको वर्ल्डलिंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीले प्रदान गर्दै आएको गुणस्तरीय सेवा र ग्राहकहरूको उल्लेख्य सहभागिताले स्थापनाको छोटो समयमा नै हामी १० लाख घरधुरीमा पुग्न सफल भएका छौं । सो अवसरमा नयाँ सेवा लिने र नवीकरण गर्ने कम्तीमा १० जना सेवाग्राहीलाई आईफोन १६ उपहार घोषणा गर्न पाउँदा खुसी छौं ।’

मेचीदेखि महाकालीसम्म हिमाल, पहाड र तराई सबै क्षेत्रमा वर्ल्डलिंकले आफ्नो सेवा विस्तार गरेको छ । मुलुकका ७४ जिल्लामा वर्ल्डलिंकले आफ्नो सेवा विस्तार गरेको छ । १० लाख घरधुरीसम्म आफ्नो सेवा बिस्तार गर्दा ५० लाख नागरिकको संख्यामा वर्ल्डलिंकको सेवा पुग्नु सफल उदाहरण बनेको वर्ल्डलिंकले जनाएको छ ।