सरकारले ल्याएको अध्यादेशले मुलुकलाई रसातलमा पुर्याउँछ : सांसद दाहाल

काठमाडौं, २१ फागुन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा सांसद राजन दाहालले सरकारले अहिले ल्याएका अध्यादेशहरु गलत र जनताको हितमा नरहेको दाबी गरेका छन् । उनले सरकारले भूमाफियाहरुलाई सरकारी जग्गा वितरण गर्ने उद्देश्यले भूमिसम्बन्धी अध्यादेश ल्याईएको आरोप लगाए ।
उनले अहिलेका अध्यादेशका प्रावधानले मुलुकलाई रसातलमा पुर्याउने दाबी गरे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आफूहरु सरकारले ल्याएका यी अध्यादेशको विपक्षमा उभिने सुनाए ।
उनले गिरिबन्धु टि–स्टेटमा खाएको कमिशनलाई वैधानिकता दिनको लागि अहिले अध्यादेशमार्फत षड्यन्त्र गरिएको आरोप लगाए । भूमिसम्बन्धी अध्यादेशको अहिलेको प्रावधानले गिरिबन्धु, त्रिभुवन विश्वविद्यालय, टिकापुर, बाँसबारी, ललिता निवास सबैको जग्गा अब लालपुर्जा दिन मिल्ने दाहालको आरोप छ ।