सोमबार २६ फागुन, २०८१

राप्रपाको र्‍यालीले ट्राफिक व्यवस्थापन अस्तव्यस्त

राप्रपाको र्‍यालीले ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौं, २१ फागुन । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले गरेको प्रदर्शनका कारण काठमाण्डूमा चक्रपथ भित्र सवारी आवागमन अस्तव्यस्त भएको छ ।

बिरलै ट्राफिक जाम हुने करिडोर क्षेत्र ९खोला किनारका सडक०भएर यात्रा गर्नेहरु पनि आज जाममा परेका छन् ।

लामो समय सवारी जाम हुँदा चालक र यात्रुहरु मर्कामा परेका छन् । ट्राफिक प्रहरीहरुलाई पनि सवारी व्यवस्थापनमा कठिनाइ भएको थियो ।

राप्रपाले राजसंस्था, सनातन सापेक्ष हिन्दु अधिराज्य, प्रदेश संरचना खारेजी, भ्रष्टाचार अन्त्य लगायतका माग राखेर आज मोटरसाइकल र्‍याली आयोजना गरेको छ ।

कोटेश्वर, बौद्ध, सुकेधारा, बसुन्धारा, बालाजु र कलंकी क्षेत्रबाट निकालिएको र्यालीका सहभागीहरु बिजुलीबजारमा जम्मा भएका थिए ।