बिहीबार २२ फागुन, २०८१

२८२१ अंकमा झर्‍यो सेयर बजार

२८२१ अंकमा झर्‍यो सेयर बजार

काठमाडौं, २१ फागुन ।  बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २५.१६ अंक घटेको छ ।

सो अंकको कमीपछि नेप्से २८२१ मा कायम भएको छ । कारोबार रकम पनि घटेको छ ।

अघिल्लो दिन १२ अर्ब ९४ करोडको कारोबार भएकोमा आज १० अर्ब ९७ करोडको भयो । तीन दिनदेखि बजार लगातार झरेको छ । तीन दिनमा बजारले कुल ६९ अंक गुमाएको छ ।