२ वर्षको समय छ, त्योअगावै मुलुकलाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्छौं : अर्थमन्त्री पौडेल

काठमाडौं, २१ फागुन । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकलाई २ वर्ष अघिनै नै ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्ने दाबी गरेका छन् । बुधबारका आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन)अध्यादेशबारे उठेका प्रश्नको जवाफ दिदै पौडेलले यस्तो दाबी गरेका हुन् ।
‘पौडेलले नेपाल अहिले सघन निगरानीमा रहेको र ग्रे लिस्टबाट बाहिर आउन सरकार प्रतिबद्ध रहेको बताए । ‘ निर्धारित समयमा निर्धारित काम सम्पन्न गरेर ग्रे लिस्टबाट निकाल्छौं,’ उनले भने, ‘ग्रे लिस्ट’बाट मुलुकलाई बाहिर हामीलाई २ वर्षको समय उपलब्ध छ । त्यो भन्दा अगाडि नै मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्छौं,’ उनले भने ।
त्यस्तै उनले मुलुक ‘ग्रे लिस्ट’मा पुग्नुमा अहिलेको सरकारको नभइ अरु कसैको भूमिका रहेको दाबी गरे । यसबारे सदनमा जानकारी दिने पनि उनले बताए । उनले भने,‘
‘ग्रे लिस्टमा मुलुकलाई लग्नका निम्ति यो सरकारले होइन अरु कसैले, जसका बारेमा सदनसमक्षम म ह्वाइट पेपर लिएर उपस्थित हुनेछु,।’