शुक्रबार २३ फागुन, २०८१

अग्नि खरेल प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा नियुक्त

अग्नि खरेल प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा नियुक्त

काठमाडौं, २२ फागुन । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञसल्लाहकारमा पूर्व महान्यायाधिवक्ता अग्नि खरेल नियुक्त भएका छन् ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले नेकपा (एमाले)का स्थायी कमिटी सदस्य समेत रहेका खरेललाई विज्ञ सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार नेपाल प्रहरी प्रहरी नायव महानिरीक्षक (डीआईजी) जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय पनि गरेको छ ।

भट्टराईलाई यस अघि नै बढुवा सिफारिस समितिले एआईजीपी बढुवा गर्नका लागि सरकारलाई सिफारिस गरेको थियो ।