७ सहसचिवको सरुवा, खोटाङ र ओखलढुंगाले पायो सीडीओ

काठमाडौं, २२ फागुन । सात सहसचिवको सरुवा तथा पदस्थापन भएको छ ।योसँगै लामो समयदेखि प्रमुख जिल्ला अधिकारी (सीडीओ)विहीन रहेका खोटाङ र ओखलढुंगाले सीडीओ पाएका छन् ।
ओखलढुंगाको सीडीओमा विजयराज सुवेदीलाई पठाइएको छ । गत १५ माघमा तत्कालीन सीडीओ डा. नारायण ढकाल अवकाशमा गएपछि ओखलढुंगा सीडीओविहीन थियो ।
त्यसैगरी खोटाङको सीडीओमा नरहरि घिमिरेलाई पठाइएको छ । बाँकेको सीडीओमा धर्मराज जोशीलाई पठाइएको छ ।रौतहटमा विनोदकुमार खड्का, संखुवासभाको सीडीओमा दिव्यराज पोखरेललाई पठाइएको छ । नुवाकोटमा शशिधर घिमिरेलाई पठाइएको छ । नुवाकोटमा रहेका रामकृष्ण अधिकारीलाई भने गृह मन्त्रालयमा सरुवा गरिएको छ ।