बिहीबार २२ फागुन, २०८१

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार

काठमाडौं, २२ फागुन । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलामा एक लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३५ रुपैयाँले बढेर एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य तोलाको १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।