माछापुच्छ्रे बैंकको म्युचुअल फण्डमा आवेदन खुला

काठमाडौं, २२ फागुन । माछापुच्छ्रे बैंकको कोष प्रवद्र्धनमा सञ्चालन हुने एमबीएल इक्वीटी फन्डमा आवेदन खुलेको छ ।
कुल १२ करोड इकाइ फन्ड निष्कासन हुन लागेको बैंकले जनाएको छ । जसमा कोष प्रवद्र्धक बैंक, योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटललाई छुट्याएपछि बाँकी १० करोड २० लाख इकाइ सार्वजनिक रुपमा निष्कासन गरिएको छ ।
अंकित मूल्य १० रुपैयाँ रहने म्युचुअल फन्डमा न्यूनतम १ सय इकाइका लागि आवेदन दिन सकिनेछ । बन्दमुखी यस योजना बजारमा सूचीकृत भइ कारोबार समेत हुनेछ ।
अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ । फागुन २६ गते र सो अवधिसम्म सबै इकाइ बिक्री नभएमा चैत ७ गतेसम्म आवेदन दिन सकिनेछ ।