बिहीबार २२ फागुन, २०८१

सरोज गुरागाईंलाई निरन्तरता दिन काठमाडौं महानगरलाई मन्त्रालयको पत्र

सरोज गुरागाईंलाई निरन्तरता दिन काठमाडौं महानगरलाई मन्त्रालयको पत्र

काठमाडौं, २२ फागुन । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव सरोज गुरागाईंलाई नै निरन्तर गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्र पठाएको छ ।

बुधबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलमा काम गर्ने वातावरण बनाइदिन अनुरोध गर्दै पत्र लेखेका थिए ।

पत्र आउने बित्तिकै बुधबार नै मन्त्रीस्तरीय निर्णयबाट गुरागाईंलाई निरन्तरता दिन काठमाडौं महानगरमा पत्राचार गरेको संघीय मन्त्रालयका प्रवक्ता कालिप्रसाद पराजुलीले बताए ।

उनले  भने, ‘म आएको ६ महिना मात्रै भयो, मैले काम गर्ने वातावरण महानगरमा पाइनँ, मलाई सहजीकरण गरिदिनुपर्‍यो भन्ने निवदेन उहाँको थियो। सोही अनुसार पत्रचार भएको हो।’