शुक्रबार ०१ चैत, २०८१

उदयपुरको गाईघाटमा बोलेरोको ठक्करबाट दिदीबहिनीको मृत्यु

उदयपुरको गाईघाटमा बोलेरोको ठक्करबाट दिदीबहिनीको मृत्यु

उदयपुर, २३ फागुन । उदयपुरको त्रियुगा नगरपालिका-१२ डीएमगेटमा बिहीबार साँझ गाडीको ठक्करबाट एकै घरका दिदीबहिनीको घटनास्थलमै मृत्यु भएको छ ।

त्रियुगा-११ डीएमगेटबाट बसपार्क जाने भित्री सडकमा गाईघाटस्थित हिमशिखर फर्निचरको गाडी प्र-१-०५ ००१च ००९१ नम्बरको बोलेरो गाडी एक्कासि अनियन्त्रित भई घरको पेटीमा बसिरहेका दिदीबहिनी १२ वर्षीया देवीकुमारी दास र १४ वर्षीया अनुकुमारी दासको मृत्यु भएको हो ।

उनीहरू सप्तरी जिल्ला राजविराज स्थायी घर भई त्रियुगा- ३ मा राजेन्द्र मैनालीको घरमा बाबुआमा सहित भाडामा बस्दै आएका थिए ।

गाडीको ठक्करले बहिनीको घटनास्थलमै मुत्यु भएको थियो भने दिदीलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुरमा पुर्‍याइएपछि अस्पतालले मृत घोषणा गरेको थियो । सवारी चालक त्रियुगा-९ गैरुन बस्ने वर्ष १८ का निर्जल कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।