मंगलबार २७ फागुन, २०८१

अध्यक्ष नेपालले जन्म दिनमा फलको बिरुवा रोप्ने, अभियानमा ऐक्यवद्धता जनाउने

अध्यक्ष नेपालले जन्म दिनमा फलको बिरुवा रोप्ने, अभियानमा ऐक्यवद्धता जनाउने

काठमाडौं, २३ फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको जन्म दिन आज विशेष तरिकाले मनाइँदैछ ।

उनले आफ्नो जन्मदिनमा रौतहटबाट पहिलोपटक अभियानका रूपमा सुरुवात गरिएको ‘जन्मदिनलाई सतकर्ममा जोडौैं’ अभियानमा ऐक्यवद्धता जनाउने कार्यक्रम छ । जन्मदिवसका अवसरमा फलको बिरुवा रोप्दै महत्त्वपूर्ण धारणा राख्ने कार्यक्रम तय भएको छ । निवासमा बिरुवा रोपेर जनस्वास्थ्य र पर्यावरण संरक्षणका महत्वकांक्षी उद्देश्यलाई जोड्ने अवसरमा एक अभिनव पहल सुरु गरेका छन् ।

रौतहटबाट शुरू भएको यस अभियानको उद्देश्य सत्कर्ममा जोड दिने र समाजलाई सकरात्मक परिवर्तनको मार्गमा अगाडि बढाउने रहेको छ । विशेष कार्यक्रमको दौरान, पार्टी अध्यक्ष नेपालले फलको बिरुवा रोप्दै महत्त्वपूर्ण धारणा राख्ने कार्यक्रम तय गरिएको छ ।

आजको विशेष अवसरमा आफ्नै निवास, कोटेश्वरमा ४ः१५ बजे दिउँसो आयोजना हुने कार्यक्रममा महत्वपूर्ण नेताहरुको उपस्थितिका साथ विभिन्न व्यक्तित्वहरुले समाजसेवा र वातावरणको संरक्षणमा थप ध्यान पुर्याउन आव्हान गर्नेछन् ।