महोत्तरीमा बस दुर्घटना हुँदा १५ जना घाइते

महाेत्तरी, २३ फागुन । महोत्तरी जिल्लाको महोत्तरी गाँउपालिका वडा नं. ६ गोरिगम्मामा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएको छ। रौजाबाट जलेश्वर तर्फ जाँदै गरेको बस करिब १०ः३० बजे दुर्घटना भएको स्थानीय राजन चौधरीले जानकारी दिए ।
गोरिगम्माको रातु नदी नजिक अनियन्त्रित भइ ना३ख ८९९७ नम्बरको बस दुर्घटना हुन पुगेको हो । दुर्घटनामा परि करिब एक दर्जन यात्रु घाइते भएका छन । उनिहरुको हात खुट्टामा चोट लागेको छ ।
घाइतेहरुलाई महोत्तरी गापा वडा नं. ५का वडा अध्यक्ष रामजिवन साहको पहलमा गाउपालिकाको एम्बुलेन्स र अन्य गाडी बाट उपचारको लागि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुर ल्याइएको छ ।