सोमबार २६ फागुन, २०८१

हेमोफिलियाका बिरामीप्रति सरकारले ध्यान दिएन: प्रतिमा गौतम

हेमोफिलियाका बिरामीप्रति सरकारले ध्यान दिएन: प्रतिमा गौतम

काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले हेमोफिलियाका बिरामीले असैह्य पीडा भोगिरहनु परेको बताएकी छन् ।

प्रतिनिधिसभाको बैठकमा शुक्रबार बोल्दै सांसद गौतमले हेमोफिलियाका विरामभीले निःशुल्क औषधि प्राप्त गर्न नसकेको सुनाइन् ।

उनले भनिन्,‘राज्यद्वारा औषधिको व्यवस्था हुन नसक्दा बिरामीले असैह्य पिडा भोगिरहेका छन् भने, अर्कोतिर बिरामीको अपाङ्गता र मृत्युदर पनि बढीरहेको अवस्था छ ।’

पछिल्लो २ महिनामा २ जना बिरामीको मृत्य भएको गौतमले सदनमा जानकारी गराइन् ।

‘बिरामीले निरन्तर प्रयोग गर्नुपर्ने औषधि नेपालमा किन्न पनि पाइँदैन । बाहिरबाट ल्याउनुपर्छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा हेमोफिलियाको रोगीको संख्या ४,९३७ जना रहेका छन्,’ सदनमा जानकारी गराइन् ।

हेमोफिलिया रोग लागेको बिरामीलाई शरीरको कुनै पनि भागमा रक्तस्राव हुँदा नरोकिने हुन्छ । अपाङ्गताभित्र हेमोफिलियालाई पनि एउटा वर्गमा समेटिएको छ । यो रोग लागेका बिरामीले नियमित प्रयोग गर्नुपर्ने औषधिलाई निःशुल्क प्राप्त हुने औषधिमा राखिएको छ ।