सोमबार २६ फागुन, २०८१

माओवादीको अभियान कञ्चनपुर पुग्दासम्म तराई/मधेश जुरुक्कै उठ्ने प्रचण्डको दाबी

माओवादीको अभियान कञ्चनपुर पुग्दासम्म तराई/मधेश जुरुक्कै उठ्ने प्रचण्डको दाबी

काठमाडौं, २३ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीले सुरु गरेको तराई/मधेश अभियानप्रति जनताको आकर्षण बढेको दाबी गरेका छन् । उनले पार्टीको उक्त अभियानको कारण देशकै ध्यान मधेशमा केन्द्रित भएको बताएका हुन् ।

आज (शुक्रबार) सर्लाहीको मलंगवामा आयोजित सभालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।

उनले अभियानको अन्तिम विन्दु कञ्चनपुर पुग्दासम्म तराई/मधेश जुरुक्कै उठ्नेपनि दाबी गरे । उनले माओवादीले मधेशका समस्या पहिचान गरेर समाधानका लागि पहल गर्ने पनि विश्वास दिलाए ।