मंगलबार २७ फागुन, २०८१

राजावादीको गतिविधिपछि प्रधानमन्त्रीले खोजे माओवादीको साथ : हिमाल शर्मा

राजावादीको गतिविधिपछि प्रधानमन्त्रीले खोजे माओवादीको साथ : हिमाल शर्मा

काठमाडौं, २५ फागुन ।  प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र नेता शिमाल शर्माले राजावादीको गतिविधिपछि प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी साथ खोजेको बताएका छन ।

उनले प्रधानमन्त्रीले साथ खोजेपछि काठमाण्डू केन्द्रित हुने गरी पार्टीका जारी ‘तराई–मधेश जागरण अभियान’ केही समयका लागि स्थगित गरिएको जानकारी दिएका छन ।

उनले भने, ‘प्रधानमन्त्रीसँग अध्यक्ष प्रचण्डको संवाद भयो । संवादमा ठ्याक्कै कुरा के भयो भन्ने भन्दा पनि उहाँले राजावादीको गतिविधिबारे अवगत गराउनुभयो ।’

यही फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको अभियान शनिबार माओवादीले स्थगित गरेको छ । राजावादीको गतिविधि मत्थर पार्ने नीति अन्तर्गत अभियान स्थगित गरिएको माओवादी नेताहरूले बताउँछन ।

शर्मा भन्छन्, ‘माओवादी तराइ मधेशतिर हुने । यता काठमाडौंमा राजवादीहरू सडकमा देखिने र सरकार यस्तो बेला कमजोर रहेको भान हुने कुरा सैह्य भएन ।’

सरकारले प्रभावकारी काम गर्न नसक्दा जनतामा निराशा रहेको र यसको जिम्मेवार सरकार नै भएको शर्मा बताउँछ्न । तर, गणतन्त्रको विषयमा त ठूला दलहरू एक ठाउँमा छन् ।