सोमबार २६ फागुन, २०८१

प्रधानमन्त्री ओली आज सुदूरपश्चिम जाँदै, प्रदेश सभालाई सम्बोधन गर्ने तयारी

प्रधानमन्त्री ओली आज सुदूरपश्चिम जाँदै, प्रदेश सभालाई सम्बोधन गर्ने तयारी

काठमाडौं, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम जाने भएका छन् । ओली सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोह लगायतका कार्यक्रममा सहभागी हुन सुदूरपश्चिम जान लागेका हुन् ।

हेलिकोप्टरमार्फत जाने ओलीले बिहान ११ बजे कञ्चनपुरको महेन्द्रनगरमा हुने दिक्षान्त समारोहलाई सम्बोधन गर्नेछन् भने त्यसपछि धनगढी पुगेर प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री सम्बोधन गर्ने बैठकका लागि सबै प्रबन्ध मिलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

त्यसलगत्तै धनगढी उपमहानगरपालिका- ८ मा निर्माण गरिएको सिटी हल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री धनगढी जाने भएपछि त्यहाँको सुरक्षा ब्यबस्था कडा पारिएको छ ।