सोमबार २६ फागुन, २०८१

मनिषाको आह्वान- पोखराबाट ज्ञानेन्द्र सरकारको सवारी हुँदै छ, भव्य स्वागत गरौँ

मनिषाको आह्वान- पोखराबाट ज्ञानेन्द्र सरकारको सवारी हुँदै छ, भव्य स्वागत गरौँ

काठमाडौं, २५ फागुन । अभिनेत्री मनिषा कोइरालाले पूर्व राजा ज्ञानेन्द्रलाई काठमाडौंमा भव्य स्वागत गर्न आह्वान गरेकी छन् । आज एक स्टाटस् लेख्दै उनले पूर्व राजा ज्ञानेन्द्रलाई सरकार सम्बोधन गर्दै आम नेपाली नागरिकलाई सो आह्वान गरेकी हुन् ।

उनले लेखेकी छन् ‘आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा मेरो हार्दिक अनुरोध, आज पोखराबाट सरकारको काठमाडौं सवारी हुँदै छ, सरकारको भव्य स्वागत गरौँ ।’

मनिषा नेपाली कांग्रेसका संस्थापन नेता बीपी कोइरालाकी नातिनी हुन् । उनी कांग्रेसको राजनीति त्यागेर राजावादी अभियानमा लागेकी छन् ।