सोमबार २६ फागुन, २०८१

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौं, २५ फागुन । राजावादीहरुको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ । तीनकुनेबाट सिनामंगलतर्फ जाने मुख्य सडक बन्द भएको छ । राजावादीहरु तीनकुनेमा भेला भएर सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने सडक खालि छ ।

नियमित रुटबाट गन्तव्यमा पुग्न नपाएपछि यात्रुहरु मर्कामा परेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सडक प्रयोग गरेर गन्तव्यमा पठाइरहेको छ ।

यसअघि राप्रपाले बिजुलीबजारबाट नारायणहिटी दरबारसम्म मोटरसाइकल र्‍याली निकाल्दा पनि ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो । आज पूर्वराजा ज्ञानेन्द्र शाह एक साता लामो पोखरा बसाइपछि काठमाडौं फर्किन लागेकाले उनको स्वागतमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल लगायतले आफ्ना कार्यकर्ताहरुलाई आ–आफ्नै ढंगले उतारेका छन् ।

कलाकार सन्तोष पन्त, धार्मिक गुरुहरु लगायत पनि ज्ञानेन्द्र शाहको स्वागतमा विमानस्थलको गेट अगाडि भेला भएका छन् ।