अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुग्यो

काठमाडौं, २५ फागुन । अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुगेको छ ।
२२ फागुनमा आठ जनालाई नेपाल फर्काउँदा डिपोर्ट हुने नेपालीको संख्या ३५ पुगेको थियो । त्यसयता थप ३ जनाको डीपोर्ट भएको अध्यागमनको रिपोर्ट छ । यता, मानव बेचबखिन अनुसन्धान ब्यूरोको टोलीले पनि २० जनवरीयता अमेरिकाबाट नेपाल डिपोर्ट हुनेको संख्या ३८ पुगेको बताएको छ ।
ब्यूरोका एसएसपी दीपेन्द्र जिसीले ३८ नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेको बताएका छन् । अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा चुनिएपछि गैह्रकानूनी रुपमा अमेरिकामा बसोबसा गर्दै आएकाहरुर धमाधम डिपोर्ट हुन थालेका छन् । २२ फागुनमा मात्रै आठ नेपालीलाई चाटर्ड विमानमार्फत हत्कडी र नेल लगाएर काठमाडौं फिर्ता गरिएको थियो ।