सोमबार २६ फागुन, २०८१

चैत ४ मा बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित

चैत ४ मा बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं, २५ फागुन । आगामी चैत ४ गते बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

आजको बैठकमा राष्ट्रिय स्रोत तथा प्राकृतिक वित्त आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन संसदमा पेश भएको छ । त्यसअगाडि सांसदहरूले शून्य र विशेष समयमा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।