पाचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आजबाट सुरु

काठमाडौं, २६ फागुन । आन्तरिक रोजगारी सिर्जनाको लागि नीति र कानुनमा सुधार गर्न भन्दै नीतिगत सुझाव लिन काठमाडौंमा पाचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सुरु भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित सम्मेलनमा सरोकार पक्षहरूले सामाजिक उन्नतिका लागि सिर्जनशील ढंगले रोजगारी सिर्जना गर्ने क्षेत्रहरूको संरक्षण र प्रवर्द्धन, वैदेशिक रोजगारीबाट प्राप्त सीप, ज्ञान र पूँजीको यथोचित प्रयोग, उत्पादनशील र मर्यादीत श्रमको विकास, श्रम बजारमा सीपयुक्त जनशक्तिको माग र आपूर्तिमा सन्तुलन, मर्यादित वैदेशिक रोजगारीको विकास लगायतको बिषयमा छलफल हुनेछ ।
सम्मेलनबाट वैदेशिक रोजगार ऐनको परिमार्जन, राष्ट्रिय व्यावसायिक सीप विकास प्रतिष्ठानको परिमार्जन र सामाजिक सुरक्षा कोष तथा वैदेशिक रोजगार बोर्डको सुधारको लागि रणनीतिक योजनामा बनाउन सहयोग पुग्ने आशा गरिएको छ ।