महिला न्यायाधीशहरुमा क्षमता, साहस र अध्ययन हुनुपर्छ: प्रधानन्यायाधीश राउत

काठमाडौं, २६ फागुन । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महिला न्यायाधीशहरु नेपालको न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित दोस्रो महिला न्यायाधीश सम्मेलनमा २०८१ मा बोल्दै उनले महिला न्यायाधीशलाई नेपालको न्यायालय र न्यायप्रणालीको गौरव बनाउन आफ्नो तर्फबाट सक्ने मद्दत गर्ने बताए ।
उनले भने,‘महिला न्यायाधीशहरु नेपालको न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्छ । यसमा म तपाईहरुलाई मेरो तर्फबाट जुन भूमिका निर्वाह गर्नुपर्ने हो म कुनै कसर बाँकी राख्ने छैन् । न्याय
सम्पादनको क्रममा अविचलित अडान राख्दा निश्पक्षता कायम गर्दा,विवेकपूर्ण निर्णय गर्दा मात्र त्यो गौरव कायम गर्न सकिन्छ । न्यायपालिको गरिमा र मर्यादा अभिवृद्धि हुन सक्छ ।’
साथै उनले अहिलेको नेतृत्वले न्यायीक सुधारको एजेण्डालाई बढाएको बताए । आफैमा जटिल न्यायसम्पादनको काम महिलाको लागि झनै जटिल रहेको उनको भनाई छ ।
उनले भने,‘अहिलेको नेतृत्वले न्यायीक सुधारको एजेण्डालाई बढाएको छ । थाहा छ,न्यााय सम्पादनको कार्य धेरै जटिल छ । महिलाको लागि झनै जटिल छ । किनकी महिलाले म्यानेज गुर्नपर्ने धेरै छन् । परिवार घर समय र न्यायसम्पादन म्यानेज गर्नुपर्छ । तर प्रयास गर्यो भने सफलता नहुने कुरा नै छैन् ।’
त्यस्तै सोही कार्यक्रममा बोल्दै पहिलो महिला न्यायाधीश सुशिला कार्कीले महिला न्यायाधीश भएर आउँदैमा सबै कुरा नहुने भन्दै महिला न्यायाधीशहरुको क्षमता र अध्ययन महत्वपूर्ण रहेको बताइन् ।
उनले भनिन्,‘अहिले धेरै महिलाहरु आउनुभएको छ । आउनेवाला हुनुहुहुन्छ । महिला न्यायाधीश भएर आउँदैमा सबै कुरा हुँदैन् । महिला न्यायाधीशहरुका क्षमता हुनैपर्छ । शाहस हुँनैपर्छ । अध्ययन त झन हुनैपर्छ ।’
न्यायपालिका क्षेत्र जस नपाउने भएको भन्दै उनले पछाडि फर्केर कसले के भन्दैछ भन्नेसँग सरोकार नराखी इमान्दारीताकासाथ काम गर्नुपर्ने उनको भनाइ छ ।
उनले भनिन्,‘यो न्यायपालिका भनेको यस्तो क्षेत्र हो रहेछ । जहाँ काम गर्नुहोस् पछाडि फर्केर के भन्दैछ सरोकार नराख्नुहोस् । मैंले काम गरेन तर किन जस पाएन भन्ने तपाइले साच्दै नसोच्नुहोस् । इमान्दारीता चाँही हुनुपर्छ ।’