लगातार छैटौं दिन पनि घट्यो नेप्से, कारोबार रकम ८ अर्ब ३७ करोड

काठमाडौं, २६ फागुन । शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ६८ अङ्कले घटेर २ हजार ७ सय ५१ दशमलव ४२ विन्दुमा झरेको छ । शेयर बजार लगातार छैटौं कारोबार दिन घटेको हो ।
आज अन्य बाहेक सबै समूहको शेयर घटेकोमा म्युचल फन्ड समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । यस्तै लगानी र व्यापार समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज उपकार लघुवित्त कम्पनीको शेयर झन्डै ७ प्रतिशतले घटेको छ । बजार दोहोरो अङ्कले घटेको दिन नेस्डो समृद्ध लघुवित्त कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।
आज बजारसँगै कारोबार रकम पनि घटेको छ । हिजो १० अर्ब ९ करोडको कारोबार भएकोमा आज ३ सय ११ वटा कम्पनीका १ करोड ५० लाख कित्ता शेयर ८ अर्ब ३७ करोड रुपैयाँमा किनबेच भएको छ ।