सोमबार २६ फागुन, २०८१

शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन घोषणा, दलको कार्यालय घेर्नेदेखि सडक आन्दोलनसम्म

शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन घोषणा, दलको कार्यालय घेर्नेदेखि सडक आन्दोलनसम्म

काठमाडौं, २६ फागुन । नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर महासंघले आन्दोलनको घोषणा गरेको हो ।

धेरै पटक आन्दोलन भई नेपाल सरकारसँग थुप्रै सहमतिहरू भएका छन् । विगतमा भएका ती सबै सहमति सम्बोधन हुने गरी नयाँ विद्यालय शिक्षा ऐन आउन आवश्यक छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सरकार विद्यालय शिक्षा ऐन जारी नगर्ने मनसायमा रहेको ठहर महासंघको छ । स्थायी, राहत, साविक उच्चमावि, अस्थायी करार, बालविकास, सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार निजी तथा संस्थागत विद्यालयका शिक्षक लगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरू ऐनबाट सम्बोधन हुनुपर्ने माग महासंघको छ ।

विद्यालय, विद्यार्थी, शिक्षक र कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन ल्याउने कुरामा गम्भीर षडयन्त्र हुन थालेको देखिन्छ। यही परिस्थितिलाई मध्यनजर गरी नेपाल शिक्षक महासंघले फेरि आन्दोलन थालनी गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।