सोमबार २६ फागुन, २०८१

काठमाडौँका संवेदनशील क्षेत्रहरूमा दुई महिनाका लागि निषेधाज्ञा जारी

काठमाडौँका संवेदनशील क्षेत्रहरूमा दुई महिनाका लागि निषेधाज्ञा जारी

काठमाडौं, २६ फागुन ।  काठमाडौंका केही क्षेत्रमा आगामी दुई महिनाका लागि निषेधाज्ञा लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आइतबार (फागुन २५) देखि लागू हुने गरी उक्त निर्णयको घोषणा गरेको हो।

निषेधाज्ञा लागू भएका क्षेत्रहरूमा राष्ट्रपति र उपराष्ट्रपति कार्यालयहरू, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार, र संसद भवन वरपरका क्षेत्रहरू समावेश छन्।

प्रशासनका अनुसार, निषेधाज्ञा दुई महिनाका लागि लागू हुनेछ । यस अवधिमा पाँच जनाभन्दा बढी व्यक्तिहरुले कुनै पनि प्रकारको जुलुस, धर्ना, नारा लगाउने, प्रदर्शन गर्ने वा घेराउ गर्ने गतिविधि गर्न पाउने छैनन्।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालयहरू, उच्च पदस्थ व्यक्तिहरूको निवास र मुख्य प्रशासनिक केन्द्रहरूमा विरोध प्रदर्शन गर्दा अत्यावश्यक सेवाहरू, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र शान्ति सुरक्षामा गम्भीर प्रभाव पर्न सक्ने कारणले निषेधाज्ञा लागू गरिएको प्रशासनले जनाएको छ।