बुधबार २८ फागुन, २०८१

बाराको चुरियामाई मन्दिर नजिक बस दुर्घटना

बाराको चुरियामाई मन्दिर नजिक बस दुर्घटना

बारा, २८ फागुन । हेटौंडाबाट वीरगञ्ज आउँदै गरेको बा ५ ख ४०७३ नम्बरको दिलजले बस अम्लेखगञ्जको चुरियामाई मन्दिर नजिक दुर्घटनामा परेको छ।

बारा प्रहरीले दिएको जानकारी अनुसार, बस टेम्पोलाई जोगाउन खोज्दा अनियन्त्रित भई पहाडमा ठोक्किएको हो। दुर्घटनामा बसमा सवार यात्रुहरू सुरक्षित रहेको जनाइएको छ।

तर, टेम्पु चालक घाइते भएका छन्। उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।