बुधबार २८ फागुन, २०८१

बसको सिटमा बेहोस भेटिएका व्यक्तिलाई अस्पताल पुर्‍याउँदा मृत घोषणा

बसको सिटमा बेहोस भेटिएका व्यक्तिलाई अस्पताल पुर्‍याउँदा मृत घोषणा

काठमाडौं, २८ फागुन । काठमाडौंबाट रुकुमकोटतर्फ आउँदै गरेको एक यात्रुबाहक बसको सिटमा बेहोस अवस्थामा फेला परेका व्यक्तिको मृत्यु भएको छ ।

घोडाघोडी समितिको यात्रुबाहक बस (प्रदेश ३-०१-००५ ख ९५४२) मा अन्दाजी ५०/५५ वर्षीय एक पुरुष बेहोस सिटमा बेहोस अवस्थामा फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी हिमबहादुर केसीका अनुसार बेहोस अवस्थामा रहेका उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल रुकुम (पूर्व) रुकुमकोट पुर्‍याइए पनि चिकित्सकहरूले उनलाई बुधबार दिउँसो १२:२० बजे मृत घोषणा गरेका हुन् ।

बी१ नम्बरको सिटमा बसेका ती व्यक्तिलाई बसमा सवार अन्य यात्रुहरूले अचेत अवस्थामा देखेपछि चालक र सहचालकले प्रहरीलाई खबर गरेका थिए ।

मृतकका आफन्तहरू सम्पर्कमा आइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको केसीले जानकारी दिए ।