बुधबार २८ फागुन, २०८१

सरकारले संविधानको व्यवस्थालाई ख्याल नगरी विधेयक ल्याएको सांसद पाण्डेको आरोप

सरकारले संविधानको व्यवस्थालाई ख्याल नगरी विधेयक ल्याएको सांसद पाण्डेको आरोप

काठमाडौं, २८ फागुन । माओवादी केन्द्रका सांसद हितराज पाण्डेले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयकले जनता र जनप्रतिनिधलाई अवहेलना गरेको आरोप लगाएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पाण्डले पेस हुन लागेको उक्त विधयकको विरोध गर्दै सरकाले जनप्रतिनिधिलाई र जनतालाई अपहेलना गरेर विधेयक ल्याएको आरोप लगाए।

उनले भने, ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयक बेठिक छ। जसरी सरकाले जनप्रतिनिधि र जनतालाई अपहेलना गरेको छ। त्यसैले हामी यसको विरोध गर्छौँ।’

साथै उनले सरकारले संविधानको जुन व्यवस्था छ त्यसलाई पनि राम्रोसँग ख्याल नगरीकन विधेयक ल्याएको आरोप लगाए।

उनले भने,‘सरकारले संविधानको जुन व्यवस्था छ। त्यसलाई पनि राम्रोसँग ख्याल नगरीकन यो विधेयक ल्याएको छ। सरकार जनताको समस्या के छ तत्कालको आवश्यकता के हो सरकारको यतातिर पनि ल्याएको छैन।’

शिक्षकहरू आन्दोलनमा रहेको अवस्थालाई मध्यनजर गरेर बरु चाँडो शिक्षा विधेयक ल्याउने उनले सुझाव दिए।