बुधबार २८ फागुन, २०८१

चिकित्सा शिक्षा आयोगले निकाल्यो वार्षिक क्यालेन्डर

चिकित्सा शिक्षा आयोगले निकाल्यो वार्षिक क्यालेन्डर

काठमाडौं, २८ फागुन । चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक वर्षको क्यालेन्डर सार्वजनिक गरेको छ । आयोगले स्नातक, स्नातकोत्तर, स्पेसियालिटी र डिएम, एमसिएच एवम् सवस्पेसियालिटी तहको प्रवेश परीक्षाका लागि वार्षिक शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।

शैक्षिक वर्ष २०८२-२०८३ को क्यालेन्डर अनुसार स्नातक तहको प्रवेश परीक्षका लागि आयोगले २०८२ साउन दोस्रो साता आवेदन खोल्नेछ । असोज पहिलो साता एकीकृत प्रवेश परीक्षा सञ्चालन हुने आयोगले जानकारी दिएको छ ।

म्याचिङ सकेर पुसको चौथो सातामा कक्षा प्रारम्भ हुनेछ । स्नातकोत्तर तह(पीजी)को एकीकृत परीक्षाका लागि २०८२ मंसिर पहिलो साता फारम खुल्नेछ र माघ दोस्रो साता प्रवेश परीक्षा हुनेछ । २०८३ वैशाख पहिलो साता पीजीको कक्षा प्रारम्भ हुने आयोगले जनाएको छ ।

डिएम/एमसिएच एवम् सवस्पेसियालिटीका लागि असार दोस्रो साता आवेदन खुल्ने, साउन दोस्रो साता प्रवेश परीक्षा हुने र कार्तिक पहिलो साता कक्षा प्रारम्भ हुनेछ ।