'एमगज' नामक हात्तीको दोस्रो पटक उपचार

रौतहट, १ चैत । रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रको जङ्गलमा देखा परेको घाईते हात्तीको दोस्रो पटक उपचार गरिएको छ । चन्द्रपुर नगरपालिका–३ स्थितको जङ्गलभित्र रहेको हात्तीलाई उपचार गरिएको हो ।
राष्ट्रिय प्रकृती संरक्षण कोष सौराहा चितवनका पशु चिकित्सक अमिर सडौला र वन्यजन्तु प्राविधिक तीर्थ लामाको टोलिले घाईते हात्तीको दोस्रो पटक उपचार गरेको डिभिजन वन कार्यलय रौतहटले जनाएको छ ।
यहाँको जङ्गल तथा बस्तीमा करीब तिन महिनादेखि हात्ती देखा पर्दै आएको स्थानीय सरोज मिश्रले बताए ।
उनका अनुसार हात्तीको दायाँ खुट्टा घोडा मुनी धारिलो धातुको वस्तुले सुनिएको अवस्थामा देखिएको हो । हात्तीको कसैले गोलि हानेको हुन सक्ने केहिको आशंका छ ।
हात्तीको उपचारका लागि पटक पटक सम्बन्धित निकायमा खबर गरेको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सन्जय काफ्लेले बताए ।
उनका अनुसार हात्तीको उपचार प्रभावकारी बनाएर आफ्नो समुहमा नै फर्काउने प्रयत्न थालिएको हो । तर स्थानीयले हात्ती सुरक्षामा ध्यान दिन आग्रह गरेका छन् ।