शुक्रबार ०१ चैत, २०८१

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट, कतिले हात पारे सेयर ?

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट, कतिले हात पारे सेयर ?

काठमाडौं, १ चैत ।  स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट भएको छ। संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज एफपीओ बाँडफाँट भएको हो।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत लघुवित्तको एफपीओ बाँडफाँट गरिएको छ। सो सेयरमा कुल १७ लाख ८० हजार ४५७ जनाले २ करोड १७ लाख १५ हजार ७५० कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २ हजार ६६४ आवेदन रद्द भएको छ भने १७ लाख ७७ हजार ७९५ आवेदन स्वीकृत भएको क्यापिटलले जनाएको छ।

जस अनुसार १९ हजार ५७७ आवेदकले १० कित्ताका दरले लघुवित्तको सेयर प्राप्त गरेका छन्। सोमध्ये भाग्यमानी ३ जनाले भने थप एक कित्ता अर्थात कुल ११ कित्ता सेयर प्राप्त गरेका छन् ।

लघुवित्तले गत फागुन १८ गतेदेखि २१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्काशन गरेको थियो।