बुधबार ०२ पुस, २०८२

महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापतिसहित ६ जना प्रहरी नियन्त्रणमा

महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापतिसहित ६ जना प्रहरी नियन्त्रणमा

विराटनगर, १ चैत ।  महेन्द्र मोरङ क्याम्पस, विराटनगरका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति जसवन्त पौडेलसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबै विद्यार्थी हुन् ।

उनीहरूले तीनवटा कुर्सि तोडफोड गरेको र स्ववियु निर्वाचन कार्यालय पनि तोडफोड गर्न खोजेकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

महेन्द्र मोरङमा आधिकारिकताको विषयलाई लिएर नेपाल विद्यार्थी संघ (नेविसंघ)मा विवाद छ ।

संस्थापन पक्षले आधिकारिकता पाएपछि इतर समूहले यस क्याम्पसमा विरोध गर्दै आएको छ । इतर समूहले निर्वाचन समितिको कार्यालयमा ताला पनि लगाएको छ ।