शुक्रबार ०१ चैत, २०८१

विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा प्रतिस्पर्धा गरेर फर्कियो नेपाली टोली

विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा प्रतिस्पर्धा गरेर फर्कियो नेपाली टोली

काठमाडौं, १ चैत । विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन भारतको नयाँ दिल्ली गएको टोली शुक्रबार स्वदेश फर्किएको छ । ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली गत साता भारत गएको थियो ।

पारा एथलिट प्रभा आङ्दम्बेले वल्र्ड पारा एथलेटिक्सको ऐतिहासिक रजत पदक जितेकी थिइन् । विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा नेपालबाट ६ खेलाडी सहभागी छन् । खेलाडीसहित १० जनाको टोली स्वदेश फर्किएको हो ।

प्रभासहित पुरुष ४ सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिसकस थ्रोमा राजु गुरुङले प्रतिस्पर्धा गरेका थिए । सिजनको दोस्रो ग्रान्ड प्रिक्स नयाँदिल्लीमा २० देशका २ सय ८३ खेलाडी प्रतिस्पर्धामा छन् ।