नेपाल लाइफ इन्स्योरेन्समा तीन जना सञ्चालक निर्वाचित

काठमाडौं, ३ चैत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा ३ जना सञ्चालक निर्वाचित भएका छन् ।
२५ औं वार्षिक साधारण सभाको निर्णयानुसार स्थगन रहेको सर्वसाधारण सेयरधनीहरु (समूह ख) को सञ्चालक निर्वाचनसम्बन्धी बाँकी कार्यक्रम चैत्र २ गते होटल भिष्वा, वीरगञ्जमा सम्पन्न भएको छ ।
उक्त निर्वाचनबाट बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन सञ्चालक सदस्यको पदमा निर्वाचित भएका हुन् ।
साथै, निर्वाचन सम्पन्न भए पश्चात् चैत २ गते बसेको कम्पनी सञ्चालक समितिको ३९३ औं बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित ३ जना संचालक सदस्यहरुले अध्यक्ष गोविन्द लाल संघईबाट सपथ ग्रहण गरी पदबहाली गरेका छन् ।