आइतबार ०३ चैत, २०८१

तस्वीर जलाउँदैमा पक्राउ गर्नु उचित होइन : प्रचण्ड

तस्वीर जलाउँदैमा पक्राउ गर्नु उचित होइन : प्रचण्ड

काठमाडौं, ३ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तस्वीर जलाउँदैमा कसैलाई पक्राउ गर्नु उचित नहुने टिप्पणी गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डको तस्वीर जलाएको आरोपमा आइतबारमात्रै चितवनबाट राप्रपाका एक नेता पक्राउ परेका थिए । उक्त  कार्य उचित नभएको प्रचण्डको भनाइ छ ।

‘लोकतन्त्रमा विरोधका विभिन्न रुप हुन्छन्,’ प्रचण्डले भनेका छन्, ‘फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन ।’