तनहुँमा च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
_IJioC2srmd_yy1kbx4yu5ealh4z4is4jol6d3t7xvz3p4bzul4h7uds4az68xc4oqesbuzv_Z2cx4SlO5x_1njcjmqcdv9t22a1pvanruozobcze7ngxbdx3dufargbh1p2htxwzxfvli13.jpg)
दमौली (तनहुँ), ५ चैत । व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु भएको छ ।
म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गत शुक्रबार राति च्याउ खाँदा बिरामी परेका १० जनामध्ये पोखरामा उपचारका क्रममा नारायणको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
उनका अनुसार बिरामी परेका नौ जनाको अवस्था खतरामुक्त छ । बारीमा उम्रिएको च्याउ खाँदा शुक्रबार १० जना बिरामी परेका थिए ।