५२ संवैधानिक नियुक्तिविरुद्धको रिटमाथि आज फेरि सुनुवाइ

काठमाडौं, ६ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका संवैधानिक निकायमा ५२ जनाको नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा तायर भएको मुद्दामा आज फेरि सुनुवाइ हुँदैछ ।
२०७७ मंसिर ३० गते भएको सिफारिस अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा आज (बुधबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । गत फागुन २१ गते सर्वोच्च अदालतले आजको लागि अर्को मिति तोकेर उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेको थियो ।
यसअघि २०७७ मंसिर ३० गते भएको सिफारिस पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि मात्र सार्वजनिक गरिएको थियो ।