बुधबार ०६ चैत, २०८१

बालिकालाई यौन पेसामा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

बालिकालाई यौन पेसामा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

काठमाडौं, ६ चैत ।  बालिकालाई यौन पेसामा संलग्न गराएको आरोपमा एक होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा, पालुङटार नगरपालिका-६ घर भएका शम्भुलाल मल्ल रहेका छन्। उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले चैत ४ गते पक्राउ गरेको हो।

मल्लले काठमाडौंको बालाजुमा पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए। त्यही होटलबाट यौन पेसामा लगाइएका दुई बालिकालाई उद्धार गरिएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले जानकारी दिए।

पक्राउ परेका मल्लविरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।