बुधबार ०६ चैत, २०८१

सशस्त्र प्रहरी विधेयकलाई दफावार छलफलका लागि संसदीय समिति पठाइयो

सशस्त्र प्रहरी विधेयकलाई दफावार छलफलका लागि संसदीय समिति पठाइयो

काठमाडौं, ६ चैत । ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ लाई दफावार छलफलका लागि प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा पठाइएको छ ।

बुधबार बसेको सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक’लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत सर्वसम्मतिले स्वीकृत भएसँगै दफावार छलफलका लागि समितिमा पठाइएको हो ।

यो विधेयक गत माघ १५ गते प्रतिनिधि सभामा दर्ता भएको थियो भने माघ २७ गते सभामा प्रस्तुत भएको थियो ।