७ जिल्लाका सीडीओ फेरिए, गृह मन्त्रालयमा ११ अधिकारीको सरुवा

काठमाडौं, ६ चैत । गृहमन्त्रालय अन्तर्गतका ११ सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन भएको छ । सरुवा सूची अनुसार ७ जिल्लाका सीडीओहरू हेरफेर भएका छन् ।
गृह मन्त्रालयमा कार्यरत सहसचिव दिलकुमार तामाङलाई कपिलवस्तुको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को रूपमा पठाइएको छ । कपिलवस्तुका विश्वप्रकाश अर्याललाई गृहमन्त्रालयमा ल्याइएको छ।
सुर्खेतका सीडीओ शंकरहरि आचार्यलाई गृहमा ल्याइएको छ । उदयपुरका सीडीओ जगदिश्वर उपाध्यायलाई पर्वतको सीडीओमा सरुवा गरिएको छ । गृहमा रहेका भविश्वर पाण्डेलाई पूर्वी नवलपरासीमा पठाइएको छ ।