सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवा पक्राउ
_ZIqwxAWpOe_joaladugaeaso3n0fvlail1sdelpa9nt4zxum4k3tflvvt3dkuykop3onrrg_lnjt1NxB4J_wg8fw4ybuaujky6suquq2k7ichcfumfbhclyzh9s1gpmhxe1uuiudthzmxg7.jpg)
काठमाडौं, ६ चैत । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटी बस्ने भारत बिहार घर भएका ४१ वर्षीय नुनु राय छन् । उनलाई मंगलबार प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको हो ।
उनले एक महिलालाई फेसबुकमा साथी बनाएका थिए । भेटघाटका क्रममा भएका अन्तरङ्ग सम्बन्धका क्रियाकलापहरू रायले गोप्य रूपमा रेकर्ड गरी राखेको पाइएको प्रहरीले जनाएको छ । आपसमा मनमुटाउ भएपश्चात पीडितका आफन्त तथा साथीहरूको म्यासेन्जरमा उक्त फोटो, भिडिओ पठाई चरित्र हत्या गरेको आरोप छ ।
पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।