बुधबार ०६ चैत, २०८१

संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा अब वैशाख ३ गते सुनुवाइ हुने

संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा अब वैशाख ३ गते सुनुवाइ हुने

काठमाडौं, ६ चैत ।  ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा अब ०८२ साल वैशाख ३ गते सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालत प्रशासनले केहीबेरअघि ३ वैशाखका लागि तारेख तोकेको हो ।

आजको सुनुवाइमा रिट निवेदक कानुन व्यवसायीहरूले दैनिक रूपमा मुद्दाको सुनुवाइ गर्न माग गरेका थिए ।

तर, इजलासको नेतृत्व गरेका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले अन्य व्यवहारिक काम पनि भएकाले दैनिक रूपमा सुनुवाइ गर्न कठिनाइ भएको जवाफ दिएका थिए ।