बुधबार २० चैत, २०८१

बेलबारी क्याम्पसको स्ववियु सचिवबाहेक प्यानलै अखिल क्रान्तिकारी विजयी, सभापति बने कपिल बिस्ट

बेलबारी क्याम्पसको स्ववियु सचिवबाहेक प्यानलै अखिल क्रान्तिकारी विजयी, सभापति बने कपिल बिस्ट

काठमाडौं, १० चैत ।  मोरङको बेलबारी बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सचिव बाहेक सभापति सहित सबै प्यानल नै अखिल (क्रान्तिकारी)ले जितेको छ । क्याम्पसको सभापतिमा अखिल (क्रान्तिकारी)का कपिल बिष्ट ‘प्रेम’ले प्रतिस्पर्धी प्रशान्त पोखरेललाई ३४ मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन् ।

शनिवार भएको निर्वाचनमा बिष्टले १९५ मत ल्याउँदा पोखरेलले १६१ मत प्राप्त गरेका छन् ।

सचिवमा भने अनेरास्ववियुका उम्मेदवार अर्जुन कोइराला १८३ मत ल्याउदैँ विजयी भएका छन् । उनका प्रतिस्पर्धी अखिल (क्रान्तिकारी)का दीपेन्द्र राईले १७० मत प्राप्त गरेका थिए । कोइरालाले राईलाई १३ मतान्तरले पराजित गरेका हुन् ।

यस्तै कोषाध्यक्षमा अखिल (क्रान्तिकारी) नवराज थापा १८२ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका प्रतिस्पर्धी अनेरास्ववियुका शंकर थापाले १६८ मत प्राप्त गरेका छन् । नवराजले शंकरलाई १४ मतान्तरले पराजित गरेका हुन् ।

सदस्यमा पनि अखिल (क्रान्तिकारी)कै ओमप्रतीक चौधरी, विक्रम तामाङ, निकेश सुवेदी, सलन राई र सुस्मिता थापा निर्वाचित भएका छन् ।