देउवाको निर्देशनपछि लोकतान्त्रिक अपाङ्ग संघको मतगणना सुरु
_TFLyFlbl9x_msjd7iwweu60iq8pwiq01ni4qawts1kzu1y7qnafoz503k0c5c0yifuqjhqe_94xQgdFKty_q4gl1mxkbypoad3e0ygpzlgfsj7vsvvqq9lasgckit1basynvwu0l15madyq.jpg)
काठमाडौं, ११ चैत । नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको मतगणना सुरू सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले निर्देशन दिएपछि आज बिहानदेखि मत गणना सुरु भएको हो ।
आइतबार कांग्रेस कार्यसम्पादन समितिको बैठकपछि सभापति देउवाले मतगणना अघि बढाउन निर्देशन समितिका संयोजक मधु आचार्यलाई निर्देशन दिएका थिए । संघको नयाँ नेतृत्व चयन गर्न शनिबार मतदान भएको थियो।
संघको नेतृत्वका लागि माधव चम्लागाई, विकास थापा र कल्पना खड्का उम्मेदवार छन। मत गणना केन्द्रीय कार्यालयमा जारी छ ।
शनिबार सम्पन्न मतदानको गणना आइतबार साँझसम्म सुरु नभएको भन्दै संघका केन्द्रीय प्रतिनिधिहरुले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नाराबाजी गरेका थिए। त्यहिबेला कांग्रेस पार्टी कार्यालयभित्र कार्यसम्पादन समितिको बैठक जारी थियो। त्यसपछि बैठकपछि आचार्यलाई सभापति देउवाले मतगणना अघि बढाउन निर्देशन दिएका थिए ।