बुधबार १३ चैत, २०८१

लागुऔषधसहित ४ जना पक्राउ

लागुऔषधसहित ४ जना पक्राउ

काठमाडौं, ११ चैत । अवैध लागुऔषधसहित कोशी प्रदेशका विभिन्न ठाउँहरुबाट चार जना पक्राउ परेका छन् ।

झापा, मोरङ र उदयपुरबाट लागुऔषध सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय झिलझिले झापाबाट खटिएको प्रहरी टोलीले झापा गौरिगञ्ज गाउँपालिका–१ भन्सार चोक स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेका भारतको किसानगन्जका २३ बर्षीय सलमलाई लागुऔषध ब्राउनसुगर ४ ग्राम ५५ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय रानी मोरङ र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ स्थितबाट २ ग्राम ४७ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित मोरङ केराबारी गाउँपालिका-७ का २३ बर्षीय सनम राई र २७ बर्षीय रुपेश तामाङलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका–१ खैजनपुरका २२ बर्षीय सन्तोष चौधरीलाई प्रतिबन्धित औषधी ७ एम्पुल र २५ ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो ।