त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियु निर्वाचन हुने

काठमाडौं, ११ चैत । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा यही चैत १३ गते स्ववियु निर्वाचन हुने भएको छ।
यसअघि चैत ५ गते स्ववियु निर्वाचन तोकिए पनि तालबन्दीका कारण स्थगित भएको थियो। निर्वाचन अधिकृत अङ्गदमणि गौतमले सोमबार निकालेको सूचनामा चैत १३ गते स्ववियु चुनाव हुने उल्लेख छ।
चैत १३ गते बुधबार बिहान ८ बजेदेखि मतदान सुरू हुनेछ।