सोमबार २५ चैत, २०८१

कालोपुल क्षेत्रमा गुठीको जग्गा अतिक्रमण गरेर बनेका संरचनामा चल्यो डोजर

कालोपुल क्षेत्रमा गुठीको जग्गा अतिक्रमण गरेर बनेका संरचनामा चल्यो डोजर

काठमाडौं, ११ चैत । काठमाण्डू महानगरपालिकाले काठमाण्डूको कालोपुलमा गुठी संस्थान मातहतका जग्गा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलेको छ । काठमाण्डू महानगरपालिका र गुठी संस्थानको समन्वयमा अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाइएको हो ।

धेरै पहिलादेखि नै त्यहाँको गुठीको जग्गा अतिक्रमण गरेर संरचना निर्माण भएको गुठी संस्थानका प्रवक्ता हरि प्रसाद सुवेदीले जानकारी दिएका छन । सोही संरचनामा सोमबार महानगरपालिकासँगको समन्वयमा डोजर चलाइएको हो ।

उनले भने, ‘गुठी संस्थान मातहतको जग्गा हो । त्यहाँ अतिक्रमण भएको थियो, ‘अहिले चाहिँ गुठी संस्थान र महानगरको सहकार्यमा अतिक्रमण ठाउँमा डोजर चलाएको हो ।’ अहिले महानगरको डोजरले संरचनाहरू भत्काइरहेको छ ।