शनिबार १६ चैत, २०८१

काठमाडौं मेडिकल कलेज र दुई श्रमिक आपूर्ति कम्पनीलाई २-२ लाख जरिवाना

काठमाडौं मेडिकल कलेज र दुई श्रमिक आपूर्ति कम्पनीलाई २-२ लाख जरिवाना

काठमाडौँ। इजाजत नलिई श्रमिक आपूर्ति गर्ने दुई कम्पनी र उक्त कम्पनीबाट कामदार राख्ने काठमाडौँ मेडिकल कलेजलाई जरिवाना तिराइएको छ ।

यी तीन कम्पनीलाई २-२ लाख जरिबाना तिराइएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । श्रम ऐन २०७४ अनुसार श्रमिक आपूर्ति गर्न चाहने कम्पनीले इजाजत पत्र लिनुपर्छ ।

तर, फाल्कन सर्भिसेस प्रालि र कमलपोखरी सर्पोट सर्भिस प्रालिले इजाजत नै नलिई श्रमिक आपूर्ति गर्ने गरेको अनुगमनबाट खुलेको हो । साथै, सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले यी कम्पनीसँग सम्झौता गरी श्रमिक आपूर्ति गर्ने गरेको समेत अनुगमनमा देखिएको छ ।

यी तीन कम्पनीलाई जनही २-२ लाखका दरले जरिवाना तिराइएको विभागका प्रवक्ता मणिनाथ गोपले जारी गरेको विज्ञप्तिमा छ ।