हवाई सेवा विधेयकबारे विज्ञको राय लिँदै रास्वपा

काठमाडौं, ११ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हवाई सेवा विधेयकबारे विज्ञको राय लिन थालेको छ । सरकारले ल्याएको विधेयकमा धारणा बनाउनुअघि रास्वपाले विज्ञ र सरोकारवालाहरूको राय लिएको हो ।
सरकारले हालै ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ ।
रास्वपाको संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल जारी छ ।